काठमाण्डौँ । यस बर्षको दशैंमा काठमाण्डौं उपत्यकामा १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।
दशैंको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसीबोका बिक्री गरेको जानकारी दिएको छ ।
महासंघ अध्यक्ष गोविन्द सुवेदीले ५० हजार संख्यामा बिक्री लक्ष्य राखे पनि केही कम बिक्री भएको बताएका छन् ।
यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका र च्यांग्रा बिक्री गरेन । मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता ९जेनजी आन्दोलन० कारण देखाउँदै कम्पनीले यस्तो निर्णय गरेको थियो ।
यसअघि कम्पनीले दशैंका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको थियो ।
खाद्य कम्पनीले खसीबोका नबेच्ने निर्णय गरेपछि निजी व्यवसायीले बिक्री गरेका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्