सुनको भाउमा २,३०० रूपैयाँको वृद्धि, नयाँ मूल्य तोलाको २,३५,४००

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

काठमाडौं, स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २,३०० रूपैयाँले बढेर २,३५,४०० रूपैयाँ पुगेको छ। सोमबार उक्त मूल्य २,३३,१०० रूपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला २,९६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको कारोबार मूल्य ३,९७६ अमेरिकी डलर प्रति औंस रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *