|
२०८३ भाद्र ९
काठमाडौँ : लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिललाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले सरकारले प्राविधिक अध्ययन थालेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठित कार्यदलले मंगलबार मिल परिसरमा पुगेर पुराना संरचना, मेसिन तथा उपकरणको अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो।
सिडिई श्रीकान्त यादवको संयोजकत्वमा रहेको कार्यदलले मिल पुनः सञ्चालन गर्न सकिने सम्भावना, आवश्यक सुधार तथा लगानीका विषय समेटेर १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।
२७ वर्षदेखि बन्द रहेको उद्योग सञ्चालनमा ल्याउने सरकारी पहलले वीरगन्जको औद्योगिक गतिविधि र स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्