×

सुनको मूल्यमा सामान्य वृद्धि

माघ १, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – माघको पहिलो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार २ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको कारोबार आज प्रतितोला १ हजार ४२० रुपैयाँ तोकिएको छ । आइतबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: