आजपनि बढ्यो सुनको भाउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २६

काठमाडौं : नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ र बुधबार प्रतितोला दुई हजार रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *