|
२०८३ भाद्र ९
काठमाडौँ : नेपाल र चीनबीचको सम्बन्ध तथा आगामी सहकार्यका विषयमा परराष्ट्र सचिव अमृतबहादुर राई र चिनियाँ राजदूत झाङ माओमिङबीच छलफल भएको छ।
परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा नेपाल–चीन सम्बन्धका विभिन्न पक्ष र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको बताइएको छ। दुवै पक्षले आपसी समझदारी र सहकार्यलाई निरन्तरता दिने विषयमा जोड दिएका थिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्