सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला २ लाख १७ हजार नाघ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

काठमाडौं, भाद्र ३१ गते – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेर २ लाख १७ हजार १ सय रूपैयाँ पुगेको छ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रूपैयाँ थियो। दैनिक बजार भाउमा यति ठूलो वृद्धिलाई विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र माग–आपूर्ति सन्तुलनसँग जोडेर हेरेका छन्।

चाँदीको मूल्यमा पनि वृद्धि
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेर २ हजार ५ सय ९५ रूपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ७५ रूपैयाँ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *