|
२०८२ भाद्र २२
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपालका स्थानीय बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, गत शुक्रबार प्रतितोला रु २ लाख १० हजारमा कारोबार भएको सुनको मूल्य आज रु २ हजारले बढेर रु २ लाख १२ हजार पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम मूल्य हो।
चाँदीको मूल्य पनि केही बढेको छ। आज एक तोला चाँदी रु २ हजार ५०० मा कारोबार भइरहेको छ, जुन गत बुधबारको रु २ हजार ४८० भन्दा १० रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा, आज सुनको मूल्य प्रतिऔंस ३,५८६ अमेरिकी डलर रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्