बागमती सरकार सञ्चालनमा तीन दलबीच समझदारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ९

काठमाडौँ:बागमती प्रदेशमा सरकारलाई स्थायित्व दिन नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहकार्यको सहमति जुटेको छ।

तीन दलले प्रदेश सरकार सञ्चालनका लागि ६ बुँदे सहमति गर्दै मन्त्रालयको संख्या हाल कायम ८ भन्दा नबढाउने र दलीय हैसियतअनुसार मन्त्रालय बाँडफाँट गर्ने निर्णय गरेका छन्।सहमतिअनुसार बागमती प्रदेशसभाको सभामुख नेकपाबाट चयन गरिनेछ। साथै, सरकारको आगामी कार्यदिशा तय गर्न सात दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समझदारी भएको छ।

सरकार सञ्चालनमा समन्वय गर्न नेकपाको नेतृत्वमा छुट्टै संयन्त्र बनाइनेछ। मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र त्यसपछि राप्रपाको प्रतिनिधित्व रहने व्यवस्था पनि सहमतिमा समेटिएको छ।

सहमतिको कार्यान्वयनसँगै बागमतीमा तीन दलबीचको राजनीतिक सहकार्य थप औपचारिक बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *