|
२०८३ असार १२
काठमाडौँ । कैलालीमा लामो समयदेखि वर्षा नहुँदा बोरिङको पानीले रोपिएको धान पनि सुक्न थालेको छ। सिँचाइका लागि बोरिङमा भर परेका किसानले पानीको अभाव र बढ्दो खर्चका कारण ठूलो समस्या भोगिरहेका छन्।
किसानहरूका अनुसार रोपाइँ सम्पन्न भए पनि पर्याप्त वर्षा नहुँदा धानका बिरुवा पहेँलिन थालेका छन्। भूमिगत पानीको सतह घट्दै जाँदा बोरिङबाट समेत पर्याप्त पानी नआएको उनीहरूको गुनासो छ।
कृषि ज्ञान केन्द्र कैलालीले यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश किसान वैकल्पिक सिँचाइको सहारामा रोपाइँ गरिरहेको जनाएको छ। समयमै वर्षा नभए धान उत्पादनमा उल्लेखनीय असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्