वर्षा नहुँदा हुम्लामा खेती संकटमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १०

हुम्ला, असार १० — समयमै वर्षा नहुँदा हुम्लाका विभिन्न क्षेत्रमा लगाइएका अन्नबाली तथा तरकारी खेती प्रभावित हुन थालेका छन्। लामो समयदेखि पानी नपरेपछि खेतबारीका बोटबिरुवा ओइलाउन थालेका छन्।

किसानहरूका अनुसार कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत बालीमा खडेरीको असर देखिन थालेको छ। असार महिनामै पर्याप्त वर्षा नहुँदा उत्पादन घट्ने र खाद्यान्न अभावको जोखिम बढ्न सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

विशेषगरी सिमकोट र सर्केगाड क्षेत्रका कृषकहरू वर्षाको प्रतीक्षामा रहेका छन्। समयमै पानी नपरे खेतीपातीमा ठूलो क्षति पुग्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *