आज सुनको मूल्य बढ्यो, कतिमा हुँछै छ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ५

काठमाडौँ–साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार नौ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ८८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य सोमबार तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भएसँगै यसको प्रभाव नेपालको बजारमा देखिन थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *