फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १९

काठमाडौं । दशैं नजिकिदै गर्दा सुनको भाउ बढ्न थालेको छ । मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार ८५० रुपैयाँ तोकिएको छ । सोमबार सुनको भाउ स्थिर रहेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने लगातार तेश्रो दिन पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *