काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ । आज सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया