×

घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोवार ?

भदौ १६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार दुई सय थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: