|
२०७८ भाद्र २
काठमाडौँ । बुधबार सुनको मूल्य सामान्य रुपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार थियो।
तेजाबी सुनको मूल्य तोलमा पनि दुई सय रुपैयाँले बढेर ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।
दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्