|
२०८३ आश्विन २७
काठमाडौं । बाढीबाट घरजग्गा र आम्दानीका स्रोत गुमाएका नागरिकलाई पुनःस्थापित गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरिएको छ।
छ वटा अधिकारवादी संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विस्थापितलाई सुरक्षित बास, क्षतिअनुसार सहायता र गुमेको रोजगारी तथा व्यवसाय पुनःसुरु गर्ने अवसर उपलब्ध गराउन माग गरेका हुन्।
उनीहरूले विपद्बाट सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका नागरिकको पहिचान गरी पुनर्निर्माणमा प्राथमिकता दिनुपर्ने बताएका छन्। भदौ १० को बाढीबाट पाँच जिल्लामा ३२ हजार ९६३ जना प्रभावित भएको प्राधिकरणको तथ्यांक छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्