|
२०८३ भाद्र १४
भक्तपुर । रसुवाको उत्तरगया र धुन्चेमा बाढीबाट प्रभावित परिवारका लागि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले तीन ट्रक राहत सामग्री पठाएका छन्।
स्थलगत निरीक्षण गरेर भक्तपुर फर्किएपछि मुख्यमन्त्री थापाको पहलमा खाद्यान्न, कपडालगायत अत्यावश्यक सामग्री संकलन गरी स्थलमार्गबाट पठाइएको हो।
काठमाडौँबाट आएको राहत विदुरमै थुप्रिएको जानकारीपछि प्रभावित क्षेत्रमै सामग्री पुर्याउन ट्रक र टिपर पठाइएको मुख्यमन्त्री थापाले बताए।
यसैबीच प्रदेश सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएर रसुवामा अलपत्र परेका पर्यटकलाई विभिन्न यातायातका साधनमार्फत निःशुल्क काठमाडौँ ल्याउने कामसमेत गरिरहेको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्