छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा नजान सांसद सुनारलाई रास्वपाको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे आन्तरिक अनुसन्धान अघि बढाएको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा छानबिन पूरा नहुँदासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको उल्लेख छ।

पार्टीले महिलाको सम्मानमा असर पार्ने गतिविधि, धम्की, दबाब र शंकास्पद आर्थिक कारोबारजस्ता विषयमा शून्य सहनशीलता अपनाउने जनाएको छ। साथै, सम्बन्धित सरकारी निकायको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *