रास्वपाको उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उतिर्ण गर्नु पर्ने नियम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको छ । हालै बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको हो ।

उक्त समितिको संयोजकमा सह-महामन्त्री विपिनकुमार आचार्य छन् । त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ । उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन् ।

काठमाडौं-सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेबाटै आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *