|
२०८३ आश्विन २६
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवारबीचको प्रतिस्पर्धा निर्णायक चरणमा पुगेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतगणनाको अन्तिम परिणाम आज अपराह्नसम्म सार्वजनिक गरिनेछ।
हालसम्मको गणनामा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतम अगाडि रहेका छन्। यसैबीच जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना पनि सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्