|
२०८३ आश्विन २०
काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
समावेशी समूहबाट उपसभापतिमा प्रतिस्पर्धा गर्न लागेका चौधरी यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए। नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ।
केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि दिउँसो साढे १२ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ। ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्