ग्यासको अभाव भएको भन्दै अनेरास्ववियुले सडकमा खाना पकाएर विरोध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौं । खाना पकाउने ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले सडकमा खाना पकाएर सरकारको विरोध गरेको छ।

काठमाडौंको आरआर क्याम्पस अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा इँटा राखेर चुलो बनाएका थिए। उनीहरूले दाउरा बालेर त्यहीँ खाना पकाउनुका साथै सडकमा बसेर खाना खाएका छन्।

ग्यासको सहज आपूर्ति व्यवस्था गर्न सरकारलाई दबाब दिने उद्देश्यले सडकमा खाना पकाएर विरोध गरिएको विद्यार्थी संगठनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *