कर्णालीको अपराजित यात्रामा काठमाडौंको ब्रेक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौं । नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौं रेड्सले कर्णाली शिवराजको अपराजित यात्रा रोकेको छ। हिजो साँझ राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले कर्णालीलाई ३–१ को सेटमा पराजित गरेको हो।

काठमाडौंले पहिलो दुई सेट २८–२६ र २५–१८ ले आफ्नो पक्षमा पार्दै खेलमा बलियो पकड बनाएको थियो। कर्णालीले तेस्रो सेट २५–२३ ले जितेर खेलमा फर्कने प्रयास गरे पनि चौथो सेट २५–२१ ले गुमाएपछि काठमाडौंले लगातार तेस्रो जित निकाल्यो।

यस हारसँगै कर्णालीको लगातार तीन खेलदेखिको विजयी यात्रा टुंगिएको छ। कर्णालीले यसअघि अन्नपूर्ण स्पाइकर किङ्स, खप्तड फाल्कन्स र सगरमाथा स्म्यासर्सलाई पराजित गरेको थियो।

काठमाडौं भने पहिलो खेलमा अन्नपूर्णसँग पराजित भएपछि त्यसयता लगातार जित्दै आएको छ। टोलीले त्यसपछि मधेश वरियर्स र सगरमाथा स्म्यासर्सलाई हराएको थियो।

लिगमा ६ पुरुष टोली सहभागी छन्। सिंगल राउन्ड रोबिनपछि शीर्ष टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। प्रतियोगिताको फाइनल भदौ २८ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *