एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौंको पहिलो जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाण्डौँ । काठमाडौं स्पाईकर्सले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको हो ।

काठमाण्डौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।

पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पियो ।

तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको छ । काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *