काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २३ गते दिउँसो १ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३५७ शव तथा मानव अंग फेला परेका छन्।
फेला परेकामध्ये १०२ जनाको मात्र सनाखत भएको छ। चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ शव तथा मानव अंग फेला परेका छन्।
प्राधिकरणका अनुसार ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन्। रसुवाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन् भने नुवाकोटबाट १ हजार ९८१ नेपाली नागरिक र ५८७ विदेशी पर्यटक सम्पर्कविहीन रहेको जनाइएको छ।
खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा घाइते भएका ६ हजार ८२७ जनाको उपचार गरिएकोमा २४२ जना डिस्चार्ज भइसकेका छन्।
उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा राहत, इन्धन, ग्यास तथा मनोसामाजिक परामर्शको व्यवस्था समेत गरिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्