|
२०८३ भाद्र २२
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ८९८ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सोमबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८० जना चालकलाई कारबाही गरेको जनाएको छ। यस्तै, सिसिटिभी निगरानीबाट ८१ जना र रातोबत्ती उल्लंघन गर्ने ४६ जना चालक कारबाहीमा परेका छन्।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ११८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३७ जना र लेन अनुशासन उल्लंघन गर्ने १२ जना चालकलाई पनि कारबाही गरिएको छ।
त्यसैगरी, सवारीको अवस्था ठीक नभएका २० जना, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने ४ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ५०० जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्