|
२०८३ भाद्र २१
काठमाडौं । धादिङको परेवाभिरमा क्षतिग्रस्त सडकको मर्मत पूरा नभएपछि पृथ्वी राजमार्गको उक्त खण्डमा आइतबार पनि यातायात सञ्चालन गर्न नपाइने भएको छ।
गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा भोटेकोशीको बाढीले सडकमा क्षति पुर्याएको थियो। सडक मर्मतको काम शनिबार तोकिएको समयमा पूरा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय धादिङले बन्दको समय एक दिन थप गरेको हो।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई उक्त सडकखण्डमा चल्न रोक लगाइएको छ। बन्द अवधिमा एम्बुलेन्स र शववाहन भने सञ्चालन गर्न सकिनेछ।
सडक मर्मत कार्य सकिएपछि यातायात सामान्य रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्