मधेसमा हुलाकी राजमार्गको काम तीव्र, अधिकांश सडक कालोपत्र सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १७

जनकपुरधाम — मधेस प्रदेशअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र भइसकेको छ भने २४ वटा पुल निर्माण सम्पन्न भएका छन्।

हुलाकी राजमार्ग निर्देशनालयका अनुसार ४०६.४३ किलोमिटर सडकमध्ये ३४७.६३ किलोमिटरमा कालोपत्र सकिएको छ। बाँकी सडक र पुल निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।

निर्देशनालयले चालु आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। परियोजना पूरा भएपछि पूर्व–पश्चिम हुलाकी राजमार्गको कुल लम्बाइ १,७९२ किलोमिटर पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *