|
२०८३ जेष्ठ २९
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा परेको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण धेरै राजमार्ग र सडक खण्डमा यातायात प्रभावित भएको छ।
काठमाडौँ–चित्लाङ सडक पहिरो हटाउने र मर्मत कार्यका लागि अझै केही समय बन्द रहनेछ। इलामको पुवाखोलामा आएको बाढीले मेची करिडोर अवरुद्ध बनाएको छ भने बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ।
साथै भोजपुर, पाँचथर र खोटाङका केही सडक खण्डमा बाढी तथा पहिरोले आवागमनमा समस्या उत्पन्न गरेको छ। मकवानपुरको कुलेखानी–फाखेल सडक पनि मर्मतका लागि अस्थायी रूपमा बन्द गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्