अबिरल वर्षाका कारण पृथ्वी राजमार्ग भासियो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १२

काठमाडौँ : पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ। पृथ्वी राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखरा महानगरपालिका वडा नं-१४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोमा पानीको बाहव बढेपछि पृथ्वी राजमार्ग सडकखण्ड भासिएको हो। अविरल वर्षाले सडक भासिएपछि पृथ्वी राजमार्ग भएर हिँड्ने सवारी साधन प्रभावित भएका छन्।

सडक अहिले एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ।

उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए। सडक एकतर्फी सुचारू रहेको र अन्य मानविय क्षति नभएको बताएको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *