मनसुनको प्रभाव : यी क्षेत्रमा आज वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

काठमाडौं । मनसुन सक्रिय रहेकाले आइतबार पनि देशका अधिकांश भागको मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा अहिले नै हल्का तथा मध्यम वर्षा भइरहेको छ।

दिउँसो हिमाल र पहाडका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका विभिन्न भूभागमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका धेरै तराई क्षेत्रमा पानी पर्ने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र मधेसका केही स्थानमा समेत वर्षा हुनसक्नेछ।

रातिको समयमा पनि वर्षाको सम्भावना कायमै रहनेछ। कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा समेत वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका विभिन्न क्षेत्रमा यसको प्रभाव देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *