|
२०८३ श्रावण १२
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ। हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा पनि बदलीको अवस्था रहेको छ।
मौसमविद्का अनुसार आज विशेषगरी हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा बदलीसँगै केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेकाले यात्रा तथा दैनिक कामकाजमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्