भोटेकोशी बाढीपछि धुन्चे बन्यो राहत तथा उद्धारको केन्द्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

रसुवा। भोटेकोशी बाढीका कारण सडक तथा पुलहरू क्षतिग्रस्त भएपछि रसुवाका प्रभावित बस्तीमा राहत तथा उद्धार सामग्री पुर्‍याउन कठिन भएको छ।

सडकमार्ग अवरुद्ध भएपछि जिल्ला सदरमुकाम धुन्चे राहत तथा उद्धारको प्रमुख केन्द्र बनेको छ। धुन्चेबाट हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम निरन्तर भइरहेको छ।

सडक सम्पर्क टुटेका बस्तीका लागि अहिले हेलिकप्टर राहत पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। बाढीले भूगोल नै प्रभावित बनाएर बस्तीहरूबीचको सडक सम्पर्क विच्छेद गरेपछि आकाशमार्फत राहत तथा उद्धारको प्रयास भइरहेको छ।

धुन्चेको आकाशबाट निरन्तर उडान भरिरहेका हेलिकप्टरले सडकबाट पुग्न नसकिएका प्रभावित बस्तीमा राहत पुर्‍याउँदै उद्धार कार्यलाई समेत सहज बनाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *