भोटेकोशी बाढीपछि कैलालीका ४० जनाको अवस्था अज्ञात

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ११

कैलाली : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न कामको सिलसिलामा रसुवा पुगेका कैलालीका ४० जना नागरिक सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका उनीहरूसँग परिवार तथा आफन्तको सम्पर्क हुन सकेको छैन।

प्रहरीले सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गर्दै खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। परिवारबाट प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको छ।

बुधबार भोटेकोशीमा आएको अचानकको बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेकाले सम्पर्कविहीन नागरिकको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *