बाढी–पहिरोको वितण्डा : यी प्रमुख राजमार्गमा यातायात ठप्प

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार धादिङको पृथ्वी राजमार्ग, नुवाकोटको पासाङल्हामु सडक, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, रोल्पाको सहिद मार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक र मुगुको मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

काठमाडौं–धादिङ सडक एकतर्फी सञ्चालनमा छ भने बीपी राजमार्गमा बाढीको जोखिमका कारण निश्चित समयमा मात्र सवारी चलाउन दिइएको छ। टोखा–छहरे सडकखण्डमा रातिको समयमा आवागमन रोकिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *