पहिरोको असर : देशभर ९ मुख्य सडकमा यातायात ठप्प

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ८

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरो र सडक क्षतिका कारण देशका नौ प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरीका अनुसार बिपी राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, पासाङ ल्हामु सडकलगायत विभिन्न मार्ग प्रभावित भएका छन्। केही सडकमा वर्षायामभर वा निश्चित समयका लागि सवारी सञ्चालनमा प्रतिबन्धसमेत लगाइएको छ।

यात्रामा निस्किनुअघि सम्बन्धित सडकको अवस्था बुझ्न र सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *