रसुवा बाढीको भयावह तस्वीर : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीको क्षति भयावह बन्दै गएको छ। बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ भने १ हजार ५४५ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै १७८ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा ११०, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव भेटिएको छ।

चितवनमा आज बिहानदेखि मृतकको पहिचान खुलाउने प्रक्रिया सुरु गरिएको छ। रसुवामा पनि बेपत्ता नागरिक तथा शवको खोजी कार्यलाई तीव्र बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा तीन जनासहित १ हजार ५४५ जनाको उद्धार भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिएका छन्।

६० घाइते अस्पतालमा

बाढीबाट घाइते भएका ६० जनाको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २० तथा वीर, सैनिक, नर्भिक, मनमोहन, बिएण्डबी र ग्राण्डी अस्पतालमा अन्य घाइतेको उपचार भइरहेको छ।

२ हजार ३८१ अझै सम्पर्कविहीन

प्रहरीका अनुसार सर्वसाधारणसहित २ हजार ३८१ जना अझै सम्पर्कविहीन छन्। यसमध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, टिमुरे भन्सार र अध्यागमन कार्यालयका कर्मचारीसमेत छन्।

सम्पर्कविहीनमध्ये ६४४ जना विदेशी नागरिक रहेका छन्, जसमा भारतका मात्रै १७८ जना छन्। नेपाल भ्रमणमा आएका १२७ नेपाली नागरिकसमेत सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

विदेशी नागरिकतर्फ अमेरिका, युक्रेन, मलेसिया, अस्ट्रेलिया, बेलायत, क्यानडा, सिङ्गापुरलगायत विभिन्न देशका नागरिक सम्पर्कविहीन छन्।

त्यस्तै, रसुवाबाहेक सम्पर्कविहीन नेपाली नागरिकको संख्या १ हजार ७३७ रहेको छ। बागमती प्रदेशबाट मात्रै ८२६ जना सम्पर्कविहीन छन् भने कर्णालीबाट २०८, लुम्बिनीबाट १८८, कोशीबाट १३२, गण्डकीबाट १२६, सुदूरपश्चिमबाट १२९ र मधेस प्रदेशबाट १२८ जना रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *