कञ्चनपुरमा एक युवतीको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १८

काठमाण्डौँ । कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका १० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

मुचुल्का गरी शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।

शव सडेको अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *