काठमाडौँ : राष्ट्रिय सभा बैठकमा मन्त्री महावीर पुन निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसबारे स्पष्टीकरण दिएका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले आफूलाई ‘अल्छी’ र ‘काम नगर्ने मन्त्री’ भन्दै गरिएको आलोचनाप्रति असन्तुष्टि जनाउँदै बिहानदेखि रातिसम्म मन्त्रालयमा काम गरिरहेको बताएका छन्।
उनले आफू बिहान ६ बजे उठेर ७ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयमा खटिने र अहिलेसम्म छुट्टीसमेत नलिएको दाबी गरेका छन्।
राष्ट्रिय सभा बैठकमा केही समय निदाएको भने उनले स्वीकार गरेका छन्। बैठक सञ्चालन हुने हलमा एसी नभएका कारण अत्यधिक गर्मी हुने र त्यही कारण बस्दाबस्दै आफ्नो आँखा झपक्क भएको उनको भनाइ छ।
आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएर आलोचना गर्नेहरूलाई व्यङ्ग्यात्मक रूपमा धन्यवाद दिँदै पुनले उक्त घटनालाई कामप्रतिको बेवास्ताका रूपमा नलिन आग्रह गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्