“अर्थमन्त्रीको स्पष्टीकरण : निदाएको थिइनँ”, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २९

काठमाण्डौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् ।

अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।

‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो, (फोन उचाल्दै) माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर (फोन तल राख्दै) टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ, अर्थमन्त्री निदायो भनेर दसौं लाखलाई रमिता भएको छ आज,’ उनले भने, ‘त्यसैले जे देखिन्छ, त्यो सही नहुन पनि सक्छ, एकदम दूरगामी निष्कर्षमा पुगिनहाल्नु होला ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *