काठमाडौं — शिक्षामन्त्री महावीर पुनले विद्यालयका कर्मचारी र बाल शिक्षकलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेका छन्।
उनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि रु.१२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीका लागि रु.१५,००० संघीय अनुदानमार्फत पठाइसकिएको छ। मन्त्री पुनले भने, स्थानीय तहले बाँकी रकम थपेर सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नपर्ने व्यवस्था मिलाउनुपर्छ।
मन्त्रालयमा प्राप्त सूचनाअनुसार करिब ७०० स्थानीय तहले आवश्यक रकम थपेर न्यूनतम तलब दिइसकेका छन्। तर अझै केही स्थानीय तहले यो व्यवस्था लागू नगरेकाले त्यसको जिम्मेवारी उनीहरूकै हुने मन्त्री पुनले स्पष्ट पारे।
बाल शिक्षक तथा कर्मचारीप्रति अन्याय हुन नदिन आग्रह गर्दै उनले ट्रेड युनियनका प्रतिनिधिहरूलाई पनि स्थानीय तहलाई सचेत गराउन सहयोग गर्न अनुरोध गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्