दाङमा ग्यास वितरणमा नयाँ प्रणाली लागू

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३

दाङ । खाना पकाउने ग्यास लिन घण्टौँ लाइन बस्नुपर्ने समस्या हटाउन दाङमा नयाँ वितरण प्रणाली लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले डिलरलाई अनावश्यक भीडभाड नगरी ग्यास वितरण गर्न निर्देशन दिएको छ। नेपाल आयल निगमको दाङ शाखाले दैनिक ग्यासको मौज्दात, आयात तथा डिलरलाई बिक्री गरिएको परिमाण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

ग्यास वितरणलाई व्यवस्थित बनाउन स्थानीय तहका वडा कार्यालयलाई समेत जिम्मेवारी दिइएको छ। डिलरले ग्यास बिक्री गर्दा उपभोक्ताको नाम र मोबाइल नम्बरको अभिलेख राख्नुपर्नेछ।

कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा होल्डिङ गर्ने व्यवसायीमाथि संयुक्त अनुगमन गरी कारबाही गरिने जिल्ला प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *