सुर्खेतमा एलपी ग्यास संकट, उपभोक्ता लामो लाइनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ८

सुर्खेत । खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेपछि सुर्खेतका उपभोक्ता समस्यामा परेका छन्। ग्यासका लागि घण्टौँ लाइन बस्दा पनि धेरैले खाली हात फर्किनुपरेको गुनासो गरेका छन्।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा बजारमा मागको तुलनामा आपूर्ति न्यून भएकाले अभाव देखिएको निष्कर्ष निकालिएको छ। प्रशासनले ग्यास वितरणलाई व्यवस्थित बनाउने र उपभोक्ताबाट बढी असुलिएको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाएको जनाएको छ।

अधिकारीहरूले आगामी दिनमा थप ग्यास आपूर्ति हुने र दोहोरो वितरण रोक्दै सबै उपभोक्तासम्म सहज रूपमा ग्यास पुर्‍याउने व्यवस्था मिलाइने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *