उपत्यकामा ट्राफिक निगरानी कडा : २४ घण्टामै १,२४५ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १२

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध प्रहरीले निगरानी थप कडा बनाएको छ। पछिल्लो २४ घण्टामा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा विभिन्न नियम उल्लंघन गरेको आरोपमा १ हजार २४५ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ५६ जना, रातोबत्ती उल्लंघन गर्ने ४२ जना तथा सवारीको यान्त्रिक अवस्था मापदण्डअनुसार नराख्ने ३० जना चालकलाई कारबाही गरिएको हो।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ५४ जना, हर्न निषेध क्षेत्रमै अनावश्यक हर्न बजाउने २८ जना, लेन अनुशासन उल्लंघन गर्ने १९ जना, सवारीको अवस्था ठीक नराख्ने ४२ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ४२ जना चालक पनि कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ९३२ जना चालकलाई समेत कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा चालकलाई नियम पालनामा सचेत गराउने उद्देश्यले नियमित रूपमा यस्तो जाँचलाई निरन्तरता दिइने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *