|
२०८३ असार १९
काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको कारबाहीबाट पछिल्लो २४ घण्टामा १३ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
ट्राफिक प्रहरीले विभिन्न नियम उल्लङ्घन गरेका दुई हजार ४२ सवारीचालकलाई कारबाही गरेको जनाएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, ट्राफिक बत्ती अवज्ञा गर्ने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने तथा अन्य नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा परेका हुन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्