प्रवासी नेपालीलाई स्वदेशमा लगानी बढाउन सरकारको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
साउन १०, २०८३

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालको आर्थिक विकासमा साझेदार बन्न र स्वदेशमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।

अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीसँगको भर्चुअल संवादमा उनले सरकारले लगानीमैत्री नीति, कर सुधार तथा उद्योग प्रवर्द्धनका कार्यक्रम लागू गरेको उल्लेख गर्दै सुरक्षित वातावरणमा लगानी गर्न आह्वान गरे।

प्रवासी नेपालीको लगानी आकर्षित गर्न एनआरएनए बन्ड, अफसोर बन्डलगायत नयाँ वित्तीय अवधारणालाई अघि बढाइएको भन्दै सरकारले निजी क्षेत्र र प्रवासी समुदायसँग सहकार्यलाई प्राथमिकता दिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *