|
२०८३ बैशाख ४
काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई आगामी ५–७ वर्षभित्र १०० अर्ब डलर पुर्याउने लक्ष्य राख्नुपर्ने बताएका छन्। उनका अनुसार त्यसका लागि कम्तीमा ७ प्रतिशत आर्थिक वृद्धिदर अनिवार्य छ।
सरकारले विकास निर्माणका कामलाई तीव्रता दिन बजेटबाहिरका विकल्पहरू पनि खोजिरहेको उनले उल्लेख गरे। ठूला सडक तथा पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता बढाएर काम अघि बढाउन सकिने संकेत पनि दिए।
मन्त्री वाग्लेले अब नीतिगत कब्जाको प्रवृत्ति अन्त्य गर्दै सबैको सहभागितामा आर्थिक उन्नतिको नयाँ दिशा लिनुपर्ने आवश्यकता औंल्याए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्