नवप्रवर्तन क्षेत्रमा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौँ, जेठ २९ — विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले प्रदेश तथा स्थानीय सरकारलाई पुँजीगत बजेटको एक प्रतिशत हिस्सा अनुसन्धान र नवप्रवर्तनका कार्यक्रमका लागि छुट्याउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले विज्ञान र प्रविधिमा लगानी बढाए मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै आगामी बजेट निर्माण गर्दा यस विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।

मन्त्री पुनले अनुसन्धान, आविष्कार र नवप्रवर्तनको संस्कार विस्तार गर्न संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *