उपभोक्तालाई बिजुलीको भार नपर्ने सरकारको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

काठमाडौँमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बिजुलीका उपभोक्तालाई अतिरिक्त आर्थिक भार नपर्ने बताएका छन्।

पोस्ट बजेट छलफल कार्यक्रममा उनले विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) कायम रहने भए पनि अन्तिम उपभोक्तामा प्रत्यक्ष असर नपर्ने गरी नीति बनाइने स्पष्ट पारे। आवश्यक परे महसुल समायोजन वा छुटमार्फत उपभोक्तालाई राहत दिने तयारी रहेको उनको भनाइ छ।

यसैगरी, अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (ईभी) को मूल्य घट्ने व्यवस्था बजेटमा समावेश हुने जानकारी पनि दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *